च्याम्पियन्स लिगका ९ खेल : अधिकांश ठूला टोलीले जिते, केहीले भोगे अप्रत्यासित नतिजा
काठमाडौं । क्लब फुटबलकै सबैभन्दा प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेल चलिरहेका छन् ।
यसैबीच, गएराति दोस्रो चरणका ९ खेल भए । जसमा अधिकांश ठूला र बलिया मानिएका टोलीले जित निकाले पनि केहीले भने अप्रत्यासित नतिजा ब्यहोरेका छन् ।
फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब म्यानचेस्टर सिटी, स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लबहरू एसी मिलान र नापोलीले सुखद नजिता निकाले ।
तीन ठूला स्टार लियोनल मेसी, नेइमार र केलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीले इजरायली क्लब माक्काबी हाइफालाई ३-१ ले हरायो ।
यस्तै, सिटीले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २-१ गोल अन्तरले हरायो भने रियलले अर्को जर्मन क्लब आरबी लाइपिजलाई २-० ले पाखा लगायो ।
यसैगरी, इटालियन लिग विजेता एसी मिलानले युक्रेनी क्लब डाइनामो जेग्रेबलाई १-० ले पराजित गर्दा नापोलीले स्कटिस क्लब रेन्जर्सलाई ३-०ले हरायो ।
तर, केही ठूला क्लबहरूले भने अप्रत्यासित नतिजा ब्यहोरेका छन् । अप्रत्यासित नजिता भोग्नेमा इटालियन महारथी युभेन्टस, इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभिल्ला छन् ।
युभेन्टस पोर्चुगिज क्लब बेन्फिकासँग २-१ ले स्तब्ध बन्यो ।
त्यस्तै, चेल्सी अष्ट्रियन क्लब साल्जबर्गसँग १-१ गोलको बराबरीमा रोकियो । त्यसैगरी, सेभिल्ला डेनिस क्लब कोपनहेगनसँग गोलरहित बराबरीमा रोकियो ।
यस्तै, युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिक १-१ गोलको बराबरी खेले ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया