एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजाबी सुन तोलामा ९१ हजार रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया