एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजाबी सुन तोलामा ९१ हजार रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया