गगन थापालाई डेंगु, कस्तो छ उनको स्वास्थ्य अवस्था ?
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ ।
टाउको दुख्ने र ज्वरो आउने भएपछि परीक्षण गर्दा थापालाई डेंगु संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
‘अस्ति बेलुका एक्कासी ज्वरो आएपछि बिहीबार परीक्षण गर्दा डेंगु सक्रमण देखिएको हो । उहाँलाई अत्याधिक टाउको दुख्ने र ज्वरो १०२, १०३ सम्म आइरहेको छ ।’ थापाले सचिवालयले भन्यो, ‘बिहीबार परीक्षणपछि औषधी खाएर घरमै बस्नुभएको छ ।’
स्वास्थ्यमा समस्या आएपछि थापाले सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र ज्ञानेश्वरमा स्वास्थ्य परीक्षण गराएका थिए ।
बिहीबार ज्वरो बढेपछि उनले परीक्षण गराएका थिए ।
संक्रमणपछि थापा घरमै बसेर उपचार गर्दै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया