गगन थापालाई डेंगु, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ ।
टाउको दुख्ने र ज्वरो आउने भएपछि परीक्षण गर्दा थापालाई डेंगु संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
‘अस्ति बेलुका एक्कासी ज्वरो आएपछि बिहीबार परीक्षण गर्दा डेंगु सक्रमण देखिएको हो । उहाँलाई अत्याधिक टाउको दुख्ने र ज्वरो १०२, १०३ सम्म आइरहेको छ ।’ थापाले सचिवालयले भन्यो, ‘बिहीबार परीक्षणपछि औषधी खाएर घरमै बस्नुभएको छ ।’
स्वास्थ्यमा समस्या आएपछि थापाले सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र ज्ञानेश्वरमा स्वास्थ्य परीक्षण गराएका थिए ।
बिहीबार ज्वरो बढेपछि उनले परीक्षण गराएका थिए ।
संक्रमणपछि थापा घरमै बसेर उपचार गर्दै आएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया