NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

चोलेन्द्रलाई महाभियोग लगाउन प्रमाण नपुग्ने एमालेको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाउन प्रमाण नपुग्ने दाबी गरेको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको शनिबार बसेको बैठकमा एमाले सांसदले यस्तो जिकिर गरेका हुन् ।

बैठकमा बोल्दै एमाले सांसद कृष्णभक्त पोखरेलले समितिलाई प्राप्त प्रमाण अध्ययन गर्दा जबरा दोषी हुन् भनेर प्रमाणित नहुने बताए ।

‘कतिपय प्रमाण संकलन हुँदैछन् । तर अहिलेसम्म प्राप्त प्रमाण हेर्दा उनी दोषी हुन् या होइनन् भन्ने निष्कर्षमा पुग्न सकिँदैन,’ उनले भने ।

एमालेका अर्का सांसद लालबाबु पण्डितले पनि पोखरेलकै जस्तो तर्क गरे । उनले आदेश र फैसलाकै आधारमा जबरालाई महाअभियोग लगाउन नसकिने बताए ।

‘राणाले गरेका आदेश र फैसलाकै आधारमा जबरालाई महाभियोग लगाउन मिल्दैन,’ पण्डितले बैठकमा भने ।

भ्रष्टाचार गरेको अभियोगमा महाभियोग लगाउने हो भने पहिले उनको सम्पत्ति छानबिन गर्नुपर्ने पण्डितको तर्क छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष