आजदेखि निर्वाचन प्रक्रिया सुरु, भोलिसम्म समानुपातिक बन्दसूची बुझाइसक्नुपर्ने
काठमाडौं । आगामी मंसिर ४ का लागि तय प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया आजदेखि सुरु हुने भएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यक्रम छ । निर्वाचन आयोगका अनुसार, भोलिसम्म निर्वाचनमा भाग लिन इच्छुक दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसक्नुपर्नेछ ।
प्रतिनिधिसभामा कुल २७५ सिट रहेकामा प्रत्यक्षबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना चयन हुने प्रावधान छ । दलहरूले कुल सिटको कम्तीमा १० प्रतिशत हुने गरी समावेशी ढंगले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
दलहरूले समानुपातिकतर्फ यसपटक नयाँ अनुहारलाई अवसर दिने बताएका छन् ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ बाट सुरु हुँदैछ ।


प्रतिक्रिया