जितियाले सामाजिक सद्भाव प्रवर्द्धनमा टेवा पुर्याएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्त्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।
आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारू महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो । उनले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन् । साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धनमा टेवा पुर्याएको बताए ।
यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । थारू समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाइन्छ ।
प्रधानमन्त्री देउवाले आमा र सन्ततिबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्व मनाउनुहुने सबैलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया