चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिने बारको निर्णय
काठमाडौं ।नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत फर्कन नदिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले विगतमा जस्तै आजबाट सर्वोच्च अदालतको परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताए । आफूहरूले प्रदर्शन गर्न लागेकाले चोलेन्द्र फर्कने सम्भावना नरहेको उनले बताए ।
यसअघि पनि बारले चोलेन्द्रमाथि महाभियोग लगाउनुपर्ने माग राखेर लामो समय आन्दोलन गरेको थियो ।
प्रतिनिधिसभाको कार्यकाल शनिबार सकिएपछि चोलेन्द्र महाभियोग निष्क्रय बनेको र सर्वोच्च फर्किने आफ्नो बाटो खुलेको निष्कर्षमा पुगेका छन् । उनले शनिबार नै कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई टेलिफोन सम्पर्क गरेर आफू सर्वोच्च फर्कन लागेको जानकारी गराएको बताइएको छ । ।
चोलेन्द्रले सर्वोच्च फर्कने तयारी गरेपछि बिहानैदेखि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कताकैबीच बारसम्बद्ध कानून व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया