सिक्लेस हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सर्वसाधारणले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो ।
कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि लागि कम्पनीले छुट्याएको थियो ।
लगानीकर्ताले आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्री प्रबन्धकमाबीओके क्यापिटल मार्केट रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया