सिक्लेस हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सर्वसाधारणले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो ।
कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि लागि कम्पनीले छुट्याएको थियो ।
लगानीकर्ताले आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्री प्रबन्धकमाबीओके क्यापिटल मार्केट रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया