नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु
काठमाडाैं । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।
सो दुर्घटनामा परेर अरु सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले यहाँको उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।
त्यहाँ सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
त्यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरुले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया