अफ्रिकामा भेटियो कोरोनाको नयाँ भाइरस, हरेक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्ने चेतावनी

काठमाडौं । यतिबेला नेपालसहित पूरै विश्व कोरोनाको तेस्रो लहरको चपेटामा छ । दैनिक बढ्दो संक्रमणको ग्राफका कारण मानिसहरू आत्तिएका छन् ।
एकपछि अर्को भेरियन्टमा परिवर्तित हुने कोरोना भाइरसका कारण विश्वभरका मानिसको दैनिक अस्तव्यस्त नै बनेको छ । यसैबीच चीनको वुहानका वैज्ञानिकले एक नयाँ कोरोना भाइरसको भरियन्टलाई लिएर चेतावनी दिएका छन् । जो दक्षिण अफ्रिकामा पाइएको छ ।
वुहानका वैज्ञानिकका अनुसार यो नयाँ भाइरस निकै संक्रामक रहेको छ । यसका साथै यो भाइरस यति घातक हुनसक्छ कि संक्रमित तीन जनामध्ये एक जनाको मृत्यु हुनसक्छ ।
रुसी न्यूज समाचार एजेन्सी स्पुतनिकको रिपोर्ट अनुसार नयाँ कोरोना भाइरस पनि एइआरएस कोभसँग जोडिएको छ । यो भाइरसको प्रकोप सबैभन्दा पहिले २०१२ देखि २०१५ बीचमा पश्चिम एसियाका देशमा भेटिएको थियो ।
यद्यपी यो भाइरसको संक्रमण अहिलेसम्म मानिसमा भने फैलिएको छैन । अफ्रिकामा यो भाइरस चमेरोमा देखिएको थियो । अहिलेसम्म केवल पशुमा मात्रै देखिएको वैज्ञानिकले बताएका छन् ।
बायोरिक्स वेबसाइटमा प्रकाशित अध्ययन अनुसार सार्स–कोभ–२ जस्तै निओकोभ र त्यससँग निकटता भएको पीडीएफ–२१८०–कोभले पनि मानिसलाई संक्रमित गर्नसक्छ ।
वुहान विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सेजका सोधकर्ताका अनुसार यो नयाँ कोरोना भाइरसले मानिसको कोशिकामा संक्रमित गर्नका लागि केवल एउटै म्युटेशनको आवश्यकता पर्दछ ।
अध्ययनमा भनिएको छ, ‘नयाँ भाइरस निओकोभमा वर्तमान सार्स–कोभ–२ कोरोना र मिइआरएस–कोभका गुण छन् । जो अध्यधिक संक्रामक बनाउन सक्षम हुन्छन् ।’
यदि यो भाइरस मानिसमा फैलिएको खण्डमा भयानक जोखिम उत्पन्न हुने वैज्ञानिकले चेतावनी दिएका छन् । हरेक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:०४:००
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया