बुधबारसम्ममा सिट फाँडफाँडबारे सहमति जुट्ने गठबन्धनको दाबी
काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँडको कुरा मिलाउन भन्दै सत्ता गठबन्धनका नेताहरूले फेरि छलफल थालेका छन् ।
उनीहरूले मंगलबार बिहान र साँझ गरी दुईपटक सिट बाँडफाँडबारे छलफल गरेका हुन् ।
सोमबार बन्दसूची बुझाएका गठबन्धनमा आबद्ध दलहरूले बुधबारसम्ममा सहमति गर्ने गृहकार्यमा लागेको बताइएको छ ।
बुधबारसम्ममा जसरी भए पनि सहमति जुटाउने एक नेताले दाबी गरे ।
यसअघि पनि गठबन्धनका नेताले पटक-पटक सहमति जुटाउने प्रयास गरेका थिए । तर, अधिकांश दलका नेता आ-आफ्नै अडानमा रहँदा सहमति जुट्न सकिरहेको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया