राधी विद्युत कम्पनीको हकप्रद सेयर निष्काशन
काठमाडौं । राधी विद्युत कम्पनीले आज असोज ५ गतेदेखि १.४७५२ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया