चार दिन लगातार घटेपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकममा उच्च गिरावट

काठमाडाैं । चारदिनयता लगातार घटेको नेसे बुधबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से सूचक ११.१९ अंकले बढेर १८४८.८० विन्दुमा पुगेको छ ।
आज नेप्से बढेपनि कारोबार रकममा भने उच्च गिरावट आएको छ । मंगलबार १ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ७२ करोड रुपैयाँमा झरेको हो । आज कुल २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक बढेको छ । जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचकमा उच्च बृद्धि देखिएको छ ।
आज सामलिङ पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै समिट लघुवित्तको ५.७३ प्रतिशत, मैलुङ खोला जलविद्युतको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.८३ प्रतिशत र लिवर्टी इनर्जा लगानीकर्ताले ३.८० प्रतिशतका दरले कमाएका छन् ।
बुधबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको ३.१३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.५५ प्रतिशत, गुँरास लघुवित्तको २.२१ प्रतिशत र स्वाभिमान लघुवित्तको २.१५ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज नबिल बैंक शीर्ष स्थानमा छ । सो कम्पनीले ३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावरको २ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख, अपी पावरको १ करोड ८६ लाख र गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया