अख्तियारद्वारा आ.व. २०७८/७९ मा ९१४ जनामाथि कारवाही, कुन प्रदेशमा कति ?
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८/७९ काे आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । आयोगले गरेको बैठकको निर्णयसहित विस्तृत अनुसन्धानबाट कारवाही भएका संख्यालाई समेटेर बुधबार प्रतिवेदन बुझाएको हो ।
आयोगको प्रतिवेदन अनुसार गत अर्थिक वर्षमा आयोगले जम्मा ९१४ जनालाई कारवाही गरिएको छ । तीमध्ये १३० जनामाथि मुद्दा दायर भएको छ । त्यस्तै ६३७ मुद्दा तामेलीमा राखिएको प्रतिवेदनमा उल्लेख छ । ८० वटा सुझाव र १७ जनालाई कारवाही सम्बन्धमा लेखी पठाएको छ ।यसैगरी ९ वटा मुद्दा मुल्तबीमा राखेको छ भने अन्य ४१ वटा रहेका छन् ।
गत आर्थिक वर्षमा आयोगमा १६ हजार २३८ उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षमा सरेर आएका उजुरी संख्या ८ हजार ९३ गरी जम्मा २४ हजार ३३१ उजुरी परेका प्रतिवेदनमा उल्लेख छ । तीमध्ये १७ हजार १६९ अर्थात् ७० दशमलब ६ प्रतिशत मुद्दा फच्र्यौट भएको छ । ७ हजार १३२ मुद्दा फाच्र्यौट हुन बाँकी छ ।
त्यस्तै प्रदेशतर्फ भ्रष्टाचार उजुरी र प्रवृत्ति विश्लेष्ण गर्दा सबैभन्दा बढी उजुरी मधेश प्रदेशमा २४.२५ प्रतिशत उजुरी परेको छ । त्यस्तै दोस्रोमा वाग्मती प्रदेशमा २४.१३ प्रतिशत रहेको छ । सबैभन्दा कम गण्डकी प्रदेशमा ७.६२ प्रतिशत रहेको छ । यसैगरी प्रदेश १ मा ११.६१, लुम्बिनीमा १४.१, कर्णालीमा ८.१८ र सुदूर पश्चिममा १०.२० प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया