अङ्गोलामा कार दुर्घटना हुँदा १२ जनाको मृत्यु
एजेन्सी । अङ्गोलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताएका छन् ।
बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताएका छन् ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया