महानगरले हटायो वीर अस्पताल अगाडि राखिएका अवैध औषधि पसल

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर बालेन शाहको नीतिबमोजिम वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ ।
महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका टहरा हटाएको हो । उक्त टहरामा औषधि पसल सञ्चालनमा रहेका थिए ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नक्साविपरीत बनाइएका अवैध संरचना तथा टहरा हटाइएको जानकारी दिए । महानगरपालिकाले बुधबार नक्साविपरीतका टहरा सञ्चालन भएको भन्दै सम्बन्धित पसलेलाई खाली गर्न आग्रह गरेको थियो ।
महानगरको सूचनासँगै केही पसलेले आफ्नो पसलमा रहेका सामग्री अन्यत्र सारेका थिए भने केहीले भने सार्न पाएका थिएनन् । महानगरले यसअघि काठमाडौंकै कोटेश्वर, बानेश्वर, न्यूरोड, नयाँ बसपार्क, सोह्रखुट्टे, बनस्थली, चाबहिल, वसुन्धरालगायतका क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका तथ नक्सा पास नगरेका घर तथा टहरा हटाउँदै आएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया