बुल्गेरियाका दुई नगरपालिकामा आपतकालीन अवस्था घोषणा
एजेन्सी । टर्कीको सिमानामा रहेका बुल्गेरियाका दुईवटा नगरपालिकाले आप्रवासीको दबाबका कारण शुक्रबार आपतकालीन अवस्था घोषणा गरेको अधिकारीहरूले बताएका छन्।
हस्कोभो क्षेत्रीय प्रशासनले विज्ञप्ति जारी गर्दै स्विलेनग्राद र टोपोलोभग्रादका नगरपालिकामा अर्को बिहीबारसम्म आपतकालीन अवस्था लागू हुने जनाइएको छ।
बुल्गेरिया–टर्की सीमामा बढ्दो आप्रवासी दबाबका कारण आपतकालीन अवस्था घोषणा गरेको हास्कोभो क्षेत्रका गभर्नर मिन्को एन्जेलोभले बताएका छन् । यसको प्रमुख उद्देश्य मानवीय, वातावरणीय र अर्थतन्त्रमा हुनसक्ने सम्भावित क्षति रोक्नु रहेको बताइएको छ ।
बुल्गेरियाको आन्तरिक मन्त्रालयले आप्रवासीको दबाब बढ्दो रहेको उल्लेख गर्दै आएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया