मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट सम्पन्न
काठमाडाैं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ ।
शुक्रबार दिउँसो ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ ।
कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो । कम्पनीले उत्कृष्ट काम गर्ने मध्ये टार्गेट स्ल्याब अनुसार ३२ इन्चको स्मार्ट टिभि १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गर्नुभएको थियो । मिडियाको पनि बाक्लो उपस्थति रहेको कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमुलक तथा मनोरञ्जनात्मक सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया