दुई महिनामा ६ करोडको चिउरा निर्यात
काठमाडाैं । पछिल्लो समय नेपालमा दही चिउराको संस्कृति हराउँदै गएको अवस्थामा नेपाली चिउराले विस्तारै विदेशी बजार पाउन थालेको छ ।
चालु आर्थिक वर्षको दुई महिना (साउन-भदौ) महिनामा भने ६ करोडभन्दा बढी मूल्य बराबरको चिउरा विदेश निर्यात भएको छ । तथ्यांकअनुसार भदौ महिनामा ६ करोड ८८ लाखको चिउरा भारतमा निर्यात भएको छ । उक्त मूल्य बराबरको चिउरा आयात गर्दा सरकारले ४ लाख ४० हजाररको राजश्ज संकलन गरेको छ ।
सोही महिनामा नेपालमा विभिन्न देशबाट ४ करोड रुपैयाँ बराबरको चिउरा आयात भएको छ । विभागको तथ्यांकअनुसार भदौमा कुल ४ करोड ६२ लाख १९ हजार रुपैयाँको चिउरा आयात भएको हो ।
विभागका अनुसार भारत, अस्ट्रेलिया, जापान, बेलायत र अमेरिकाबाट चिउरा आयात भएको छ । भदौमा सबैभन्दा बढी अमेरिकाबाट २ करोड ८९ लाख ३० हजारको चिउरा नेपाल भित्रिए । त्यस्तै अस्ट्रेलियाबाट ७४ लाख ३४ हजार, भारतबाट १२ लाख १६ हजार, जापानबाट ५४ लाख ७२ हजार र बेलायतबाट ३१ लाख ६७ हजारको चिउरा आयात भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया