मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।
आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ११ धुलयाबिट नजिक दुर्घटना भएको हो ।
थारु भेरीगङ्गाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेका थिए । थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकी छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहनु भएको प्रहरीले बताएको छ ।
यस्तै, भे–६–प– ३८९० नं को मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन् ।उनको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया