मध्य रुसको एक विद्यालयमा गोली चल्दा ६ बालबालिकाे मृत्यु
एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
पीडितको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ ।
उनले आत्महत्या गरेका जनाइएको छ । उनको घृणित कार्यबाट ६ जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका मन्त्रालयले टेलिग्राममा जानकारी दिएको छ । यस शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया