NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

सिक्लेस हाइड्रोपावर आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ । आइपिओमा १ लाख ५ हजार ८०० आवेदकले गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाएका छन् भने १ हजार २५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

जसमध्ये ५५ अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयरबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिक्लेस हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।