सिक्लेस हाइड्रोपावर आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ । आइपिओमा १ लाख ५ हजार ८०० आवेदकले गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाएका छन् भने १ हजार २५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
जसमध्ये ५५ अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयरबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिक्लेस हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया