नेपालले दुई महिनामा कति चामाल आयात गरे ?
काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ को दुई महिना (साउन-भदाै) मा नेपालले ४ अर्ब ५५ करोड २४ लाख ९८ हजार रुपैयाँको चामाल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले भदौ महिनामा मात्रै २ अर्ब ३२ करोड १८ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको चामाल आयात गरेको छ । साउनमा भने नेपालमा २ अर्ब २३ करोड ६ लाख ५६ हजार रुपैयाँको चामाल आयात गरेको थियो ।
नेपालमा आयात हुने चामालमा सेमी मिल्ड, होली मिल्ड, टुक्रेको चामाल आयात हुने गरेको पाइएको छ । जसमध्ये सबैभन्दा बढी टुक्रेको चामाल २८ कराेड २६ लाख ३४ हजार रूपैयाँकाे आयात गरेको छ ।
नेपालले भारत, चीन, जापान अमेरिका, क्यानडा, सिंगापुर, भेदनामलगायतका मूलुकबाट चामाल आयात गर्दै आएको छ । तथ्यांकअनुसार दुई महिनामा सर्बभन्दा धेरै चामाल आयात छिमेकी मूलुक भारतबाटै भएको छ । भारतबाट दुई महिनाको अवधिमा ४ अर्ब ४५ करोड ८० लाख ७५ हजार रुपैयाँको चामाल आयात भएको छ । त्यस्तै दोस्रोमा अमेरिकाबाट ८ करोड ८८ लाख ४१ हजार रुपैयाँको चामाल आयात गरिएको छ ।
त्यस्तै भेदनाम ५० लाख ७५ हजार, जापानबाट ९ लाख,चीनबाट ४ लाख ९७ हजार र सिंगापुर एक हजार रुपैयाँको चामाल नेपाल भित्रिएको छ ।
गत भदौ २४ गतेमात्रै भारतले चामाल निर्यातमा २० प्रतिशत निर्यात कर लगाएको छ । अहिलेको दुई महिनामा चामाल आयातमा कमी भने देखिएको छैन । आउँदो महिनाको तथ्यांकमा भने भारतले चामाल निर्यातमा लगाएको करकै कारण आयात घट्छ कि भन्ने अनुमान गर्न सकिन्छ । सबैभन्दा बढी चामाल आयात भारतबाटै हुने भएकाले नेपालमा भने चामालको भाउमा वृद्धि भएकाे छ । अहिले पनि धेरै व्यापारीहरुले ग्राहकसँग मनलागी चामालको मूल्य लिन थालेका छन् ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया