दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ६६ करोडमा खुम्चियो

काठमाडौं । सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । लगातार दुई दिन घटेको सेयर बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन । आज कुल कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ६६ करोड ३० लाख १३ हजार रूपैयाँ कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । होटल तथा पर्यटनको ०.८२ र म्युचुअल फण्डको ०.४७ प्रतिशतले सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी विकास बैंकको १.६२ प्रतिशतले सेयरमूल्य बढेको छ । त्यस्तै जलविद्युतको १.२८, वित्तको १.४६ प्रतिशतले बढेको छ । बाँकीको सेयरमूल्य १ प्रतिशतभन्दा कम छ ।
मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । त्यस्तै अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले बढेको छ । अपर हुवाखोला हाइड्रो ६.०३, हिमालयन पावर ५.९९, माउन्टेन इनर्जीको लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।
मंगलबार गरिमा डिभेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै सामलिङ पावर कम्पनी ४.६८, बेष्ट फाइनान्स कम्पनी ३.६४, रूरू जलविद्युत ३.४२ र नबिल इक्युटी फण्डको २.८६ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमको आधारमा रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको २ करोड ८५ लाख ३१ हजार ४४७ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नबिल बैंक २ करोड ६१ लाख ६८ हजार रूपैयाँको कारोबार भयो ।
त्यस्तै सानिमा मे हाइड्रोपावर २ करोड २६ लाख १९ हजार, नेष्डो समृद्ध लघुवित्त २ करोड १८ लाख ४० हजार र हिमालयन डिष्टिलरी एक करोड ७९ लाख ९८ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया