पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच सम्झौता
झापा । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ ।
अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अनुप्रस्था फाउण्डेशनका नीरन शाहीले अर्थाभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए ।‘विपन्न नागरिकले उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ’, उनले भने, ‘जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरूको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो ।’
अस्पतालका डा निराजन प्रसाईँले फाउण्डेशनमार्फत सिफारिस भएर आउने बिरामीको ७० लाखसम्म निःशुल्क उपचार गरिने जानकारी दिए । क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरूले काम गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत अनुप्रस्था फाण्डेशनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उनले बताए।
आफ्नै ब्याण्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा साङ्गीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचार–प्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उचपार गर्ने सम्झौतापत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
अस्पतालले हालसम्म एक हजार तीन सय नौ क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिससमेत गरेको उनले बताए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया