बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ
जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो । अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ । प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो ।
अभियुक्तमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छरछैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको जनाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया