NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

इस्टर्न हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही आउँदो असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई खुला गरेर नबिकेकत्र बाँकी ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ५५ अर्थात् ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो आइपिओमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको बिक्रीप्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष