इस्टर्न हाइड्रोपावरको आइपिओ आउँदै
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही आउँदो असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने जनाएको छ ।
कम्पनीका अनुसार यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई खुला गरेर नबिकेकत्र बाँकी ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ५५ अर्थात् ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो आइपिओमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
कम्पनीको बिक्रीप्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया