शेखर पक्षले बोलायो छुट्टै भेला
काठमाडौं । कांग्रेसको डा. शेखर कोइराला पक्षले छुट्टै भेला बोलाएको छ ।
२३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि छलफल गर्न शेखर पक्षले आज दिउसो २ बजे भेला बोलाएको हो ।
भेलामा आफ्नो तर्फबाट बन्न सक्ने सम्भावित उम्मेदवारबारे छलफल हुने जनाइएको छ । आफ्नोतर्फका उम्मेदवार चयन भएपछि ती नाम संसदीय बोर्डसमक्ष प्रस्तुत गर्ने तयारी यो पक्षको छ ।
प्रत्यक्षमा पनि शेखर पक्षले ४० प्रतिशत उम्मेदवार दाबी गरेको छ ।
समानुपातिकतर्फ संस्थापनले एकलौटी गरेको भन्दै शेखर पक्षले दबाब दिएरै सूची सच्याउन बाध्य पारेको थियो ।
भेलामा समानुपातिक उम्मेदवारबारे पनि छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया