टिकट पाउँदा पनि एमालेका पूर्वमाओवादीहरू बेखुशी
काठमाडौँ । नेकपा एमालेमा विलय भएका पूर्वमाओवादी नेताहरू निर्वाचनमा पार्टी नेतृत्वसँग असन्तुष्ट बनेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट आजित भएका उनीहरूले असन्तुष्टि जनाउन थालेका हुन् ।
संघ र प्रदेश सभाका लागि उम्मेदवार छनौट गर्दा एमालेले पूर्व माओवादी सांसदहरूलाई टिकट वितरणमा प्राथमिकता दिएको छ । एमालेमा विलय भएका पूर्व माओवादी सांसदहरू अधिकाशंले एमालेबाट टिकट पाएका छन् ।
माओवादीबाट आएका तर विगतमा सांसद नभएपनि टिकटका लागि दावेदार बरिष्ठलाई पछि पारेर एमालेका कनिष्ठलाई उम्मेदवार बनाएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।
नेकपा विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले पूर्नगठन हुँदा माओवादी केन्द्रबाट संघका पाँचजना र प्रदेशका १४ सांसद एमालेमा विलय भएका थिए । त्यसवापत उनीहररूले संसद पद नै गुमाउनु परेको थियो ।
आफ्नो समूहले राजनीतिक भविष्य दाउमा राखेर अध्यक्ष ओलीलाई साथ दिएपनि पार्टीले त्यसलाई महत्व नदिएको एमाले भित्रका पूर्व माओवादीहरूको गुनासो छ ।
देशभर संघ र प्रदेशका लागि उम्मेदवारी दर्ता भइरहेका बेला एमालेका पूर्व माओवादीभित्रबाट यस्तो असन्तुष्टि बाहिर आएको हो ।


प्रतिक्रिया