देउवाविरूद्ध चुनाव जित्न ढकाल दुई दिन निराहार व्रत बस्दै
काठमाडौं । पाँच वर्षअघि बीबीसी साझा सवालको कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले देउवाविरूद्ध डडेल्धुरामा आफ्नो उम्मेदवारी दिएका हुन् । समाजिक सञ्जाल ट्वीटरमा फोटोसहितको ट्वीट गर्दै उनले उम्मेदवारी दिएको बताएका हुन् ।
उनले स्वतन्त्रतर्फबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।
योसँगै उनले डडेल्धुरा र देशबासीलाई नयाँ आशा विश्वास र विकाका लागि दुई दिनको निराहार ब्रत पनि बस्ने निर्णय गरेको जनाएका छन् ।
व्रत बस्नु वैज्ञानिक हिसाबले पनि उपयुक्त रहेको बताउँदै ढकालले उग्रतारा, घटाल, पर्शुराम बाबालगायतका देवी देवतालाई साक्षी राखेर व्रत बस्ने बताएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया