देउवाविरूद्ध चुनाव जित्न ढकाल दुई दिन निराहार व्रत बस्दै

काठमाडौं । पाँच वर्षअघि बीबीसी साझा सवालको कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले देउवाविरूद्ध डडेल्धुरामा आफ्नो उम्मेदवारी दिएका हुन् । समाजिक सञ्जाल ट्वीटरमा फोटोसहितको ट्वीट गर्दै उनले उम्मेदवारी दिएको बताएका हुन् ।
उनले स्वतन्त्रतर्फबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।
योसँगै उनले डडेल्धुरा र देशबासीलाई नयाँ आशा विश्वास र विकाका लागि दुई दिनको निराहार ब्रत पनि बस्ने निर्णय गरेको जनाएका छन् ।
व्रत बस्नु वैज्ञानिक हिसाबले पनि उपयुक्त रहेको बताउँदै ढकालले उग्रतारा, घटाल, पर्शुराम बाबालगायतका देवी देवतालाई साक्षी राखेर व्रत बस्ने बताएका छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया