भीमदत्त राजमार्ग अवरुद्ध
अत्तरिया । लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको नेतृत्वमा तीन जना प्रहरीको टोली खटाइएको छ । बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिए ।
अहिले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडकमा क्षति पुगेको छ भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया