युक्रेनका धेरै सहरहरुमा क्षेप्यास्त्र प्रहार
युक्रेन । युक्रेनका राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ ।
रुसले किभमा ठूला हमलाहरु गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । पाँच जनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ । मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यसप्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।
देशका धेरै शहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गरेका छन् । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८:१५ बजे ठूलो विस्फोटहरु भएको बताएका छन् ।
एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदाननजिकै अवतरण भएको एएफपी पत्रकार जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठूलो खाडलबाट धुवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरुमा क्षेप्यास्त्र प्रहार भएका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा भनेका छन् ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया