मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न गुटरेसको आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकतामा विषय बनाउन आग्रह गरेका छन् । उनले मानसिक स्वास्थ्यको उपचार एवम यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।
अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उहाँले सो सन्देश दिएका हुन् । उनले विश्वमा हाल मानसिक स्वास्थ्यको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यसको रोकथम तथा नियन्त्रणका लागि प्राथमिकता भने कमै मात्र निर्धारण हुने गरेको बताए ।
एक तथ्यांकअनुसार हाल विश्वमा करिब एक अर्ब मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यको समस्यामा बाँचिरहेको बताइएको छ । विश्वमा मानसिक रोग भएका व्यक्तिहरुको संख्या बढ्दै गएपनि उनीहरुका समस्या बुझ्ने र उपचार गर्ने मानिसहरुको भने पर्याप्त उपलब्धता नरहेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघकै एक तथ्यांकअनुसार हाल विश्वका कतिपय देशमा त मानसिक रोग भएका व्यक्तिहरुको उपचार तथा परामर्शका लागि प्रति एक लाख दुई जनामात्र चिकित्सक एवं स्वास्थ्यकर्मी उपलब्ध भएका देखिएका छन् ।
त्यसैले यसको उपचारका लागि आवश्यक जनशक्ति र पूर्वाधारको विकासका क्षेत्रमा आवश्यक कार्ययोजना बनाएर अघि बढ्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका देशहरुलाई आग्रह गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया