नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५५ करोडमै खुम्चियो

काठमाडाैं । सोमबार घटेको नेप्से मंगलबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२९ स्टकको १२ हजार २९३ वटा कारोबारबाट १७ लाख ६७ हजार ६९२ कित्ता सेयर खरिदबिक्री हुँदा ५५ करोड २७ लाख १२ हजार ८८५ रूपैयाँको कारोबार भएको छ ।
सोमबार २३३ स्टकको १७ हजार ८७६ वटा कारोबारबाट ३१ लाख ५५ हजार ६९५ रूपैयाँको सेयर खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ हजार ७१४ रूपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहबाहेक सबैको घटेको छ । जसमा व्यापारको ०.०४, होटल तथा पर्यटन ०.०३, सामूहिक लगानीकोष ०.२६ प्रतिशतका दरले बढेको छ ।
आज घटेका उपसमूहरूमा बैंकिङ ०.७४, विकास बैंक १.२८, जलविद्युत ०.०८, नीर्जीवन बीमा कम्पनी ०.९४, उत्पादन ०.७५ अन्य १.२१, लघुवित्त ०.४२, जीवन बीमा १.४ र लगानी १.३८ प्रतिशतले घटेको छ ।
मंगलबार सुमिट लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै अभियान लघुवित्त ९.९८, सिटिजन म्युचल फण्ड ८.५२, रूरू जलविद्युत ७.८४ र स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले कमाएका छन् ।
आज बिन्ध्याबासिनी हाइड्रोपावरको लगानीकर्ताले सबैभन्दा धेरै ७.१८ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै सिंगटी हाइड्रो इनर्जी ४.२६, नेरूड लघुवित्त ३.८३, सपोर्ट माइक्रोफाइनान्स ३.७८, र एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको ३ करोड १० लाख ९ हजार ४४९ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स २ करोड ४३ लाख ६७ हजार ७८९ रूपैयाँको कारोबार भयो । त्यस्तै हिमालयन पावर पार्टनर २ करोड १८ लाख ९९ हजार, रिदी पावर कम्पनी २ करोड ७ लाख ३ हजार र नेपाल टेलिकमले १ करोड ९२ लाख ७४ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया