पशुपन्छीका १२ फिड सप्लिमेन्ट गुणस्तरहीन
काठमाडौं । भारतीय कम्पनीले उत्पादन गरी नेपाली बजारमा पठाएका पशुपन्छीका एक दर्जन फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएका छन् ।
पशु सेवा विभागले गरेको प्रयोगशाला परीक्षणबाट यी फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएका हुन् ।
१२ वटा फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछि आयात तथा बिक्री–वितरण हाललाई रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न निर्देशन दिएको विभागले जनाएको छ ।
गुणस्तरहीन प्रमाणित भएकामा कलश भेट हेल्थ केयर युनिट इण्डियाको मात्रै चार उत्पादन छन् । विभागका अनुसार, यो कम्पनीको आरबी टोन फोर्ट, भिटामिन–एच, आज–काल–फोर्ट र द्यान केयर पाउडर छ ।
त्यसैगरी, हर्बल फर्मुलेशन, इण्डियाको एम भिटोसोल, एम–कल फोर्ट एडी३ र एम–फेरलमा पनि आवश्यक मात्रा नभएको पाइएको छ । जसको ब्याच नं. क्रमशः एच भी ३९०, एचएम २८३, र एचपी ३८९ छ ।
विभागका अनुसार, गामी हेल्थ केयर इण्डियाको अल फेरल, अलफिन फोर्ट र ग्रोकाल पनि गुणस्तरहीन भेटिएको छ । यिनीहरूको व्याच नं. क्रमशः जिएचसी ०१७, जिएचसी ०११ र जिएचसी ०३२ छन् ।
पारा भेट फर्माको ब्याच नं. एसटिए १०३ रहेको स्ट्रोङ भिट एडी–३ लिक्विड र अरबिन्द हर्बल ल्याबको ब्याच नं. एसीए २१७ को आरभिकल एडी–३ मा पनि आवश्यक मात्रा फेला नपरेको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
खासगरी, भारतीय कम्पनीका पशुपन्छीका फिड सप्लिमेन्ट पछिल्लो समय गुणस्तरहीन फेलापर्न थालेका छन् । गत महिना पनि विभागले भारतीय कम्पनीका फिड सप्लिमेन्ट प्रयोगशाला परीक्षणमा गुणस्तरहीन प्रमाणितपछि बिक्री वितरणमा रोक लगाउँदै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया