स्विट्जरल्याण्डले दियो एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण

वर्न । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो ।
कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो । उक्त सहमतिअनुसार स्विट्जरल्याण्डले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो । स्विट्जरल्याण्डले यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको छ ।
सरकारी अधिकारीहरूका अनुसार प्राप्त विवरणबाट विदेशस्थित बैंकमा खोलिएको खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भएनभएको निक्र्योल गर्न तथा कर अनुशासन कायम गर्न कर अधिकारीहरूलाई सहज हुनेछ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया