हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।
आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मङ्गलबार ताकममा ल्याएर छाडेको छ । बुद्धि , प्रकाश , कुमार , वीरबहादुर र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए ।
‘असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ,’ ‘उनले भने, हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।’
चारजना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया