जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा
काठमाडाैं । करिब ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार इलामदेखि दार्चुलासम्म संकलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बंगलादेशसमेत निर्यात भएको छ । ‘नेपालबाट जडीबुटी मुख्य निर्यात हुने देश चीन र भारत नै हो,’ उनले भने । खासगरी जटामसी मार्क, अमला, गुर्जोलगायत विभिन्न प्रकारका प्रशोधित जडीबुटी विदेश निर्यात हुने गरेको छ ।
सरकारको नियमानुसार व्यवसायीले जडीबुटी प्रशोधन नगरी बेच्न नपाइने उल्लेख गर्दै संघका केन्द्रीय अध्यक्ष शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाउनुभयो । यसमा सहजीकरण भए पैसामा देखिएको समस्यासमेत समाधान हुने उनले विश्वास व्यक्त गरे ।
व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब रु एक करोड बराबरको उत्पादन थन्किएको बताउनुभयो । जडीबुटी व्यवसायी संघका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी साना र ठूला गरेर १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको सङ्घले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।
नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी सङ्घका पूर्वाध्यक्ष याकुब अन्सारीले बताउनुभयो । निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने र व्यवसायीलाई समेत लाभ पुग्ने बताइएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया