बारामा दुई बालबालिकासहित एकैपरिवारका तीन जनाको हत्या
काठमाडौं । बारामा एकै परिवारका तीन जनाको हत्या भएको छ । प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको हत्या भएको हो ।
उनीहरूको घाँटी रेटेर हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जनाएका छन् ।
सुजाताका श्रीमान् पनि घाइते अवस्थामा भेटिएका छन् । उनी भने भाग्दै गर्दा दुर्घटनामा परेर घाइते भएको अवस्थामा भेटिएका छन् ।
पारिवारिक कलहका कारण घटना सुजाताका श्रीमान्ले घटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । तर, उनी उपचारमा रहेकाले बयान हुन नसकेका कारण पुष्टि हुन सकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया