बाराही हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै

काठमाडौं । बाराही हाइड्रोपावरले स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले यही आउँदो कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । सो आइपीओमा छिटोमा कात्तिक १८ गतेसम्म र ढिलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया