दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा
काठमाडाैं । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो । नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रातभरमा सडकलाई दुईतर्फी सञ्चालनमा आउने गरी तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पहाडतर्फको भागलाई खनेर बाटो चौडा बनाइएको प्रजिअ अधिकारीले उल्लेख गरे । पहिराका कारण विस्थापित भएका चार घरपरिवारलाई गाउँपालिकासँगको समन्वयमा आश्रयस्थलमा राखिएको घिमिरेले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया