कांग्रेस नेता आचार्य भन्छन् : दलहरूले च्यापेको राजनीतिक प्रवृत्तिले मनाङे निर्विरोध

काठमाडौं । कांग्रेस नेता एवं काभ्रेका पूर्व सभापति मधु आचार्यले समकालीन दलहरूले च्यापेको राजनीतिक प्रवृत्तिले दीपक मनाङे निर्विरोध निर्वाचित भएको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै आचार्यले भनेका छन्–अहिलेको चुनावमा निर्विरोध को भयो ? शेरबहादुर ? प्रचण्ड ? केपी ओली भए ? अहँ, यी कोही भएनन। को भयो त ?? दीपक मनांगे भए। अहिले दलहरुले च्यापेको राजनीतिक प्रवृत्तिले दिने नतिजा यस्तै हो।’
कांग्रेस र एमालेले उम्मेदवारी नदिंदा मनाङ ख प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित भएका थिए । अर्का एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी चुनाव आउँन ३९ दिन बाँकी हुँदै निर्विरोध भएका हुन् ।
तर कांग्रेस र एमालेले नै गुण्डानाइके पृष्ठभूमिका मनाङेलाई निर्विरोध बनाएको भन्दै सार्वजनिक रुपमा प्रश्न उठ्न थालेको छ ।
दलहरूको गलत प्रवृत्तिकै कारण मनाङे सर्वसम्मत हुने तर दलबाट कोही पनि सर्वसम्मत नहुने अवस्था आएको भन्दै प्रश्न उठेको हो ।
ताजा अपडेट
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया