प्रधानमन्त्री देउवाले गरे जसपाका सबै मन्त्री बर्खास्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री भएका चार जनालाई बर्खास्त गरेका छन् ।
जसपाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी गठबन्धन गरेपछि देउवाले सो पार्टीका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएको छ ।
राष्ट्रपतिको कार्यालयष्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, राई भौतिक पूर्वाधारमन्त्री, यादव वन तथा वातावरणमन्त्री तथा सिंह कृषि तथा पशुपक्षीमन्त्री थिए ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी पनि संविधानत पदावधि सकिएकाले पदमुक्त भएका छन् । उनले जिम्मेवारी सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्नेछन् ।
गैरसांसद रहेका बन्दी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका थिए ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया