बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठजना पक्राउ

काठमाडौं । बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौंको सोह्रखुट्टेमा गत असोज २५ गते दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा हनुमान चोक नजिकै भएको उक्त घटनामा संग्लग्न भएको आरोपमा पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाडौं चावहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई बाउन्सर नितेश राई र छिरिङ लामालाई धारिलो हतियारको प्रयोग गरेर फरार उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।
‘पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले तीन थान खुकुरी, दुई थान मोटरसाइकल बरामद गरेको छ,’ पत्रकार सम्मेलनमा उनले भने ।
पक्राउ परेका आठै जनामाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया