युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान गर्दै अन्तरराष्ट्रिय फौजदारी अदालत
एजेन्सी । अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको अभियोजक करीम खानले जानकारी दिए ।
‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आइसिसी अध्यक्षलाई सूचित गरेको छु । प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,’ खानले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आइसिसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ ।
अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।’
गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ ।
यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया