शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आइतबार बिहान एक ट्विट गर्दै जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनले जोशीको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।
नेपाली संस्कृतिको क्षेत्रमा जोशीले गरेको योगदान राज्यले सधैं सम्झिरहने प्रतिबद्धता पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् । ‘उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।
शताब्दी पुरुष जोशीको आइतबार बिहान उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा निधन भएको छ । उनी १०३ वर्षका थिए ।
शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ।
उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। pic.twitter.com/bFzDGnDGuG
— Sher Bahadur Deuba (@SherBDeuba) October 16, 2022


प्रतिक्रिया