ग्लोबल भोकमरी सूचकमा नेपाल ८१ औं स्थानमा
काठमाडौं । जर्मनीको गैरसरकारी संस्था ‘वेल्ट हंगर हिल्फ’ले प्रकाशन गरेको १२१ देशको भोकमरी सूचकमा नेपालको अवस्था सन् २०२१ भन्दा खराब देखिएको छ ।
ग्लोबल भोकमरी सूचकमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशमध्ये नेपाल यो सूचकमा ७६ औं स्थानमा थियो । तर भारत, पाकिस्तान र बंगलादेशमभन्दा नेपालको स्थिति भने राम्रो छ । सूचकअनुसार भारत १०७ औं, पाकिस्तान ९९ औं र बंगलादेश ८४ औं स्थानमा छ ।
सूचीमा श्रीलंका दक्षिण सियाकै उत्कृष्ट स्थानमा छ । आर्थिक समस्या जुध प्रस्तुत श्रीलंका यो सुचङ्कमा ६४औँ स्थानमा छ ।
सूचीअनुसार अफगानिस्तान दक्षिण एसियाकै कमजोर राष्ट्रको १०९औँ स्थानमा छ ।
ग्लोबल हंगर इन्डेक्स विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको व्यापक मापन र ट्र्याकिङ हो। यो कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर समावेश गरी चार सूचकहरूद्वारा मापन गरिन्छ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया