इरानको इभिन कारागारमा आगलागी, मृतककाे संख्या ८ पुग्याे
एजेन्सी । तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको संख्या आठ पुगेको जनाइएको छ । यस कारागार आगलागीमा परी सुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो ।
‘इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए । घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो । अस्पताल भर्ना गरिएका घाइतेहरु चार जनाको मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको जनाइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया