कश्मीरको शोपियानमा ग्रेनेड आक्रमण हुँदा युपीका दुई कार्यकर्ताको मृत्यु
काठमाडाैं । जम्मू कश्मीरको शोपियानमा भएको ह्यान्ड ग्रेनेड आक्रमणमा उत्तर प्रदेशका दुई मजदुरको ज्यान गएको छ ।
कश्मीर जोन पुलिसले एक ट्वीट गर्दै घटनाबारे जानकारी दिएको हो । मृत्यु हुनेमा मोनिष कुमार र रामसागर रहेका छन् । संदिग्ध आक्रमणकारी भने पक्राउ परेका छन् ।
कश्मीर जोन पुलिसले ट्वीटमा लेखेका छन्, ‘आतंकवादीहरूले शोपियानको हरमेनमा ह्यान्ड ग्रेनेड प्रहार गरे, जसमा दुई यूपी कार्यकर्ता ( मोनिष कुमार र राम सागर घाइते भएका थिए। दुबै कन्नौज, यूपीका बासिन्दा थिए। दुबैलाई अस्पताल लगिएको थियो।’
संदिग्ध आक्रमणकारी चरमपन्थी संगठन लश्कर-ए-तैयबाको सदस्य भएको त्यहाँको प्रहरीले दाबी गरेको । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया